महाशिवरात्रि मनाउने जनकपुरको एक क्लबले तयारी गरेको छ

जनकपुरमा महाशिवरात्रिको पशुपतिनाथ रौनक, भव्य बनाउन मन्दिर सज्जा, मूर्ति निर्माण, सज्जातथा सरसफाई, जनकपुरधाम। काठमांडुको पशुपतिनाथ जस्तै आकषर्णको केंद्र बनाउन जनकपुरमा महाशिवरात्रि मनाउने जनकपुरको एक क्लबले तयारी गरेको छो ।
जनकपुरको वार्ड-८ मा अवस्थित दशरथ युवा क्लब महाशिवरात्रिको पूर्ण तयारीमा जुटेका छन। विगत दुई हप्ता देखि शिवरात्रिको अवसरलाई ध्यानमा राखेर क्लबका सदस्यहरू अहोरात्रि खटीएका छन।

उक्त ठाउँमा मन्दिर सज्जा, पार्क रंगरोगन सहित मूर्ति निर्माण समेत गरिएको छ।सो अवसरलाई मध्य नजर गरि मन्दिर परिसर र वरिपरि आज सरसफाई कार्य्रकम आयोजना गरेका छन।
आज सम्पन्न कार्यक्रमका संयोजक दीपक कुमार राय, प्रमुख अतिथि मेयर लाल किशोर साह, विशेष अतिथि बृहरतरका कार्यकारिणी निर्देशक बलराम ठाकुर, त्यस्तै अर्को अतिथिमा उपमेयर रीता मिश्र रहेकि थिइन।
अतिथिमा नेपाली कंग्रेसको प्रदेस संयोजक शिव जी राय समेतको सहभागिता रहेको थियो।क्लबका तर्फबाट संस्थापक कोषाध्यक्ष जितेन्द्र प्रसाद साह भुल्ला, मूल पूजा संयोजक धर्मेंद्र रौनियार, क्लबका वर्तमान कोषाध्यक्ष नवीन कुमार झा, कलश यात्रा र दिप प्रज्जवलन संयोजक जोगी प्रसाद साह ( गणेश जी) , पुरुषोत्तम दास, श्रवण साह, शरीफ राइन, मोनु झा लगयतका क्लबका पदाधिकारीहरूको सँगलग्नता रहेका थिए।
उपस्थित सबै अतिथिहरूलाई दोसल्ला ओढाई क्लबका अध्यक्ष लव कुमार झाले सम्मान गरेका थिए।