माओवादी केन्द्रले पार्टी कार्यालयहरुमा माओवादी केन्द्रको झण्डा र साईनबोर्ड राख्न सर्कुलर जारी


माओवादी केन्द्रले पार्टी कार्यालयहरुमा माओवादी केन्द्रको झण्डा र साईनबोर्ड राख्न सर्कुलर जारी ।

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी कार्यालयहरुमा माओवादी केन्द्रको झण्डा र साईनबोर्ड राख्ने सर्कुलर जारी गरेको छ ।

पार्टीले मँगलबार जारी गरेको सर्कुलरमा पार्टीको प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, पालिकास्तरीय कार्यालय देखि वडास्तरीय कार्यालयसम्म माओवादी केन्द्रको झण्डा र बोर्ड राख्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव श्रीराम ढकालद्धारा जारी गरिएको सर्कुलरमा विभिन्न जिल्लास्तरीय देखि प्रदेशस्तरीय नेताहरुलाई काठमान्डौं बोलाएको हो ।

पार्टीको बैठक र प्रशिक्षण भन्दै सर्कुलरमा आगामी चैत्त १ गते काठमान्डौं उपस्थित हुन सर्कुलर गरिएको हो । जसमा प्रदेश समितिका सदस्यहरु, पूर्व सल्लाहकार समितिका सदस्यहरु, जिल्ला समितिका सदस्यहरुमा प्रत्येक जिल्लाबाट ५÷५ जना गरी उपस्थित हुन बोलाएको हो ।

यसका साथै, माओवादी केन्द्र निकट मजदुर सँगठन, किसान, महिला, आदिवासी जनजाती, पेशाकर्मी, युवा सँगठन, विद्यार्थी सँगठन, दलित सँगठन सहित विभिन्न मोर्चाबाट पनि उपस्थित हुन सर्कुलर जारी गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button