रौतहटको माधवनारायण नगरपालिकामा नागरिक संवाद कार्यक्रम सम्पन्न ।


ओम प्रकाश यादवचैत्र ९ गते, रौतहट

रौतहटको माधवनारायण नगरपालिकामा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको प्रांगनमा आज नागरिक प्रति उत्तरदायित्व प्रवद्र्धनका लागि नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्न माधवनारयण नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा अलिकति पनि विलम्ब नगर्न प्रमुख जिल्ला अधिकारी यादवले जनप्रतिनिधिलाई आग्रह गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख समेत रहनु भएका सिडियो इन्द्रदेव यादवले संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदिका बारेमा पनि जानकारि गराउनुभएको छ । जनप्रतिनिधिबाट सार्वजनिक सेवा प्रवाहको क्रममा कुनै किसिमको विलम्ब अथवा दुविधा भए सिधा आफुलाई खबर गर्न सिडियो यादवले आग्रह गरेका हुन ।

जनताको काममा ढिलासुस्ती नगर्न आग्रह गर्दै सिडियो यादवले सार्वजनिक सेवा प्रवाहमा कुनै त्रुटि एवं गुनासो भए सिधा आफुलाई भन्न जनप्रतिनिधि एवं कर्मचारीहरुलाई आग्रह गरेका हुन । कार्यक्रममा रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराइले बैंकमा अत्याधिक मात्रामा भिडभाड हुन नदिन एटिएम कार्डको प्रयोग गर्न आग्रह गरेका छन ।

नागरिकको काम छिटोछरितो गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै सहायक सिडियो भटराइले संविधान, संघियता, राज्यशक्तिको बाँडफाँट, संविधान कार्यन्वन सम्बन्धी जानकारी र त्यसको विशेषताबारेमा प्रष्ट पारेका थिए ।त्यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार चौरसियाले नागरिकता, राहदानी लगाएतका विषयमा एन कानुनको बारेमा जनप्रतिनिधिहरुलाई विशेष जानकारी गराउनुभएको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टिका नेता राम निवास यादवले नगरपालिकाको आफनै भवन निर्माणको प्रक्रिया किन अगाडि बढेन भन्ने बारेमा नगर प्रमुख विरेन्द्र यादवलाई ध्यानाकर्षण गराएका थिए ।

धनवाङ गाविसका सचिव टुकाराम ओलिको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले संविधानले धेरै मौलिक हक, अधिकार र कर्तव्यको व्यवस्था गरे पनि यस सम्बन्धी कानुन नबनेकाले छिट्टै कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका नेता रामकृपाल यादवले नगर भित्र सञ्चालन हुने योजना स्थलमा उपभोत्ता समितिले होडिंग बोर्ड नराख्ने, आफना मनोमानी योजना सञ्चालन गर्ने, वृद्धवृद्धालाई सामाजिक सुरक्षाको भत्ता बुभmन बैंकमा अनेकौ समस्या रहेको भन्दै यी समस्याहरुलाई समाधान गर्न मेयर यादवलाई आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न नेता तथा आम नागरिकले आ आफना समस्या र गुनासो राखेका थिए ।

राजनैतिक दलका नेता र आम नागरिकले गरेको गुनासोको नगर प्रमुख विरेन्द्र यादवले एक एक गरी जवाफ दिएका थिए ।

आम नागरिकले नगरपालिकाप्रति उत्तरदायि हुँदै दिएको सुझाव र सल्लालाई आत्मसाथ गर्दै अगाडि बढने मेयर यादवले बताए । नागरिक स्तरबाट आएको सुझाव सल्लाहले नगरको विकास गर्न तथा अहिलेसम्म भएका कमीकमजोरीलाई सच्याउन सहयोग पुरयाएको मेयर यादवले बताए । नागरिकले राखेको समस्यालाई आफु जसरी पनि समाधान गरेर छोडने मेयर यादवले प्रतिवद्धता जनाएका थिए । आम नागरिकको प्रत्यक्ष गुनासो र समस्या सुन्न आँट राख्ने मेयर विरेन्द्र यादवलाई नगरवासीले साहसी मेयरको संज्ञा दिएका छन ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर सिमल साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ लगाएतका कर्मचारी, वडा अध्यक्ष राजीव यादव लगाएतका जनप्रतिनिधि, सबै राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, चिकित्सक, आम नागरिक, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो भने आयोजक जिल्ला प्रशासन कार्यालय गौर रौतहटका नायव सुब्बा राम नरेश साहले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button