सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको कार्यकक्षमा तालाबन्दी
प्रदेश न.२ को धनुषामा एकलौटी रुपमा काम गर्न लागेको भन्दै सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेको छ।
सबैला नगरपालिकामा कार्यपालिकाका सदस्य तथा उपमेयर र वडा अध्यक्षले संयुक्त रुपमा मेयर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।उप – मेयर निलु कापरको अनुसार आर्थिक बर्ष ०७७/०७८ को नगर सभा पहिलो र दोस्रोबाट बिनियोजित योजनाहरु तथा बिषयगतका कार्य योजनाहरुको सँचालन गर्न पटक पटक माग गर्दै आइरहेकोमा नगर प्रमुख शाहले कार्यपालिका सदस्यहरुको मागलाई वास्ता नगरी एकलौटी निर्णयको शैलीबाट चलेको बताए ।
साथै आर्थिक बर्ष योजना किताब हालसम्म उपलब्ध नगराईएको, आर्थिक बर्षको शिक्षा समिति गठन प्रक्रिया पुरा नगरीजन शिक्षा योजना संचालन गरिएको, कार्यपालिका बैठक बस्न नदिएको र कर्मचारी हुँदा हुदै पनि सव – इन्जिनियर कर्मचारीलाई कामकाजमा ल्याएको कार्यपालिकाको एक वडाअध्यक्षले बताए ।तलाबन्दीको क्रममा यदि कार्यपालिकाको बैठक नबोलाए थप आन्दोलनको कार्यक्रम गर्छौं ।
यसै विषयमा रेडियो धनुषको लोकप्रिय कार्यक्रम मधेस मन्थनमा मेयर साहले भने केहि वडा अध्यक्षहरुले बहुमत र अल्पमतको कुरा गरेर चल्न नदिने भनेपछि मैले पनि जे मन लाग्छ गर्नुस् मलाई पनि जनताले नै निर्वाचित गरेको छ।म पनि जनताको बीचमा जान्छु। मेयर साहको अनुसार लोक सेवाबाट पास गरेको कर्मचारीलाई कामकाजको लागी सरकारले पठाएको छ।
र सोही विषयमा कार्यपालिकाको सदस्यलाई आपत्ति भएको छ। हाजिर हुन नदिनकै लागी यत्रो विवाद उत्पन्न गरेकोले अब हामी जन-मानस र मंचमा जाने भने चर्चित लोकप्रिय कार्यक्रम ” मधेश – मन्थनमा मेयर साहले बताए ।