सहिदनगर नगरपालिकाभित्र शैक्षिक संस्थाहरु बन्द नहुने सुचना जारि ।
धनुषाको सहिद नगर नगरपालिकाले शैक्षिक संस्था हरु बन्द नहुने सुचना जारी गरिएको छ ।
सहिद नगर नगरपालिकाले सुचना जारी गर्दै नेपाली सरकारकाे शिक्षा मन्त्रालयले प्रदुषणकाे कारण देखाउदै चार दिनसम्म विद्यालय बन्दकाे सुचना गरेपनि शहिदनगर नगरपालिकाका विद्यालयहरु निर्वाध रुपमा सँचालनमा रहनेछ जनाएको छ ।
नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया यादबले प्रमुख प्रसासकिय अधिकृत शत्रुधन यादवकाे संयुक्त हस्ताक्षरित सुचनामा विद्यालयहरु पुर्बवत संचालनमा रहने जनाए ।
काठमाडौ लगायतका जिल्लाहरुमा वायुप्रदुषणले गर्दा बालबालिकाहरुकाे स्वास्थमा असर पर्ने भन्दै विद्यालय कलेज बन्द गरेपनि यस नगरपालिका भित्र वातावरणीय असहज अवस्था नरहेको भन्दै विद्यालय बन्द नहुने बताएका छ शहिदनगर नगरपालिकाभित्रको सम्पूर्ण शैक्षिक सँस्थानहरु सँचालनमै रहने र । आ–आफ्नो बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य पठाउन अनुराेध गरेको हुन ।