घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
घाँस काट्न चौरीमा गएकी महोत्तरीको भंगहा– ८ धर्मपुरका ७ जना दलित समूदायकी बालिकाहरु सम्पर्क विहिन बनेका १८ घण्टा बित्दैं छ ।तर, उनीहरुको अवस्था अझै अज्ञात छ । मंगलबार दिउँसो घर नजिकैको खेतबारीमा घाँस काट्न गएका उनीहरु अबेर साँझसम्म घर नफर्केपछि खोजी कार्य तिब्र पारिरएको प्रहरीले जनाएको छ । रातभरी प्रहरी प्रहरीले खोज्दा पनि उनीहरुको अवस्था अज्ञात नै छ । सम्र्पक विहिन हुनेहरुमा ११ बर्षीय अर्चना पासमान, १२ बर्षीय सीमा र रञ्जना पासमान, १३ बर्षीय ज्योती र रिया पासमान, १७ बर्षीय नगिना पासमान र २० बर्षीय अस्मिता पासमान रहेको भंगहा नगरपालिका मेयर साहले पुष्टि गरेका छन् ।
धर्मपुरका चेलीबेटीहरु मंगलबार दिउँसो २ बजे घाँस काट्न गाउँ भन्दा पूर्वको अजगेवाको चौरीमा गएकी थिइन् ।चार बजे खेतमै रहेको बोडिङ्गमा पानी खाएको पनि गाउँलले देखेका थिए । बालिकाहरुलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका छ । सम्पर्क विहिन भएको बालिकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन् । भंगहा शसस्त्र वेश क्यापबाट पनि शसस्त्र प्रहरी खोजीमा खटिएका छन् । घाँस काट्न गएका बालिकाहरुn घर नफर्किएको खबर मंगलबार ९ बजे राती मात्रै प्रहरीमा खबर पुगेको थियो ।