प्रदेश २ मा कांग्रेसलाई तीन र माओवादीले दुई मन्त्रालय दिने सहमति


प्रदेश २ मा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने भएका छन्।

बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको बाँडफाँटको टुंगो लाग्ने बताइएको छ।

कांग्रेस र माओवादीले पाउने मन्त्रालयको टुंगिएपछि आज नै शपथ लिने सम्भावना रहेको बताइएको छ।सत्ता सहकार्यका तीन दल सहमत भएपछि प्रदेश २ मा १० मन्त्रालय हुने भएका छन्।

५० प्रतिशत अर्थात् ५ वटा मन्त्रालयले आफूसँग राखेर मुख्यमन्त्री लालबाबु राउतले तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिन लागेका हुन्।

पार्टीबाट सरकारमा जाने सांसदको टुंगो लगाउने जिम्मा पनि यादवलाई नै दिइएको छ।

‘तीन दलको बैठक दिउँसो बसेर हामीले पाउने मन्त्रालय थाहा हुन्छ, ‘उनले भने, ’को को जाने छान्ने अधिकार संसदीय दलको नेतालाई छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउने समय नजिकिएकाले दलहरुले नयाँ मन्त्री थप्न पहल तिव्र पारेका छन्।जसपा (उपेन्द्र यादव पक्ष)का मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेपछि नयाँ सत्ता समीकरण बनेको हो।

केन्द्रमा बनेको विपक्षी गठबन्धनले प्रदेश २ मा संयुक्त सरकार गठन गर्न लागेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button