कमला नदी सिरहाबाट जोखिममा परेका व्यक्तिलाई उद्धार गरियो, सचेत रहन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल को आग्रह


कमला नदी, सिरहाबाट जोखिममा परेका व्यक्तिलाई उद्धार वहाव वढेपछि पुर्व पश्चिम् राजमार्ग सम्मुख कमला नदीको भंगालोमा फसेका कर्जन्हा ३ सुन्दरपुरका ३ महिला र धनुषा तर्फका १ पुरुष “बाबा” लाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी द्वारा सकुशल उद्दार गरिएको छ ।कमला नदी को सिरहा सारसर को जोखिम नियन्त्रण कार्यको सिरहा सुरक्षा अधिकारीहरु द्वारा स्थलगत अनुगमन समेत भयो ।कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका सि डि ई एकराज भट्टराई ले समयमै दिनुभएको पुर्व सूचना का आधारमा सो समन्वयपुर्ण उद्दार हुन सहयोग पुगेको हो।वर्ष। याम मा पुर्व सूचनाको पालना गर्नजनदीको वहाव वढ्नु अगावै नदी उकासको जग्गामा खेती, घाँस दाउरा कालागि नजान,वाढिमा माछा नमार्न वा वगाई ल्याउने काठ दाउरा वा अन्य सामान टिप्न नजान र नदी नतर्न वारम्वार सचेत तुल्याई सकिएतापनि जोखिम न्यूनीकरणकालागि नागरिक सचेतता समेत वढ्नु आवश्यक रहेको सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आग्रह गर्नुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button