सहिदनगरले छैटौं नगरसभाबाट ५३ करोड ७५ लाख ४३ हजार ८११ रुपैयाँको बजेट

प्रत्येक वडालाई १ करोड बजेट विनियोजन गरिएको मेयर उदय कुमार बरबरिया यादवले बताए ।


राजन मिश्र, नटराज टाइम्स

आर्थिक वर्ष २०७८-०७९ को लागि ५३ करोड ७५ लाख ४३ हजार ८११ रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

सम्पन्न छैटौं नगरसभाबाट स्वास्थ्य शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिँदै ५ करोड ७५ लाख ४३ हजार ९ सय ८११ रूपैयाँ बजेट, नीति तथा कार्यक्रम पारित गरिएको हो ।

आर्थिक वर्षमा अधुरो एवम् गौरवका योजनाहरुलाई लक्षित गरिएको हो। नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुनेगरी ठोस योजनाहरु प्राथमिकतामा राखिएका छन् । शिक्षा, स्वास्थ्यमा बजेट केन्द्रीत गरिएको छ ।

नगर सभा सदस्यहरुमध्ये सबभन्दा जेष्ठ सदस्य बिसुनदेब यादबको प्रमुख आतिथ्य एवम् प्रमूख प्रतिपक्षी दलका मेयरको प्रत्यासी देवेन्द्र कुमार भरखेरको विशिष्ट अतिथि , उपमेयर शिला देवी कापर अतिथि , प्रमूख प्रशासकीय अधिकृत शत्रुघ्न यादवको प्रशंसनीय भूमिकामा सुबिधा सम्पन्न ऐतिहासिक शहर,समृध शहिदनगरको छैठो नगर सभा सम्पन्न छ ।

प्रत्येक वडालाई १ करोड बजेट विनियोजन गरिएको मेयर उदय कुमार बरबरिया यादवले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button