प्रतिगमनका सारथी र मतियार दुवैलाई सर्वोच्चले कडा तमाचा लगायो ः मेयर बरबरिया
जनकपुरधाम । धनुषाको सहिद नगरनगरपालिकाका मेयर उदय बरबरियाले प्रतिनिधिसभा पुनस्र्थापनाले प्रतिगमनका सारथी र मतियार दुवैलाई सवोच्च अदालतले कडा तामाचा लगाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमन तर्फ लग्ने प्रयासमा लागेको र उनको सो कदम गैरकानूनी र गैरसंवैधानिक रहेको कुरालाई समेत यस निर्णयले प्रमाणित गरेको उनले बताए ।
सवोच्च अदालतको यस फैसलाले न्यायपालिकामाथि आम नेपाली नागरिकको आशा र विश्वास अझ बढ्ने बरबरियाले बताए ।
उनले पहिलोपोस्ट संग कुरा गर्दै भने ‘सम्मानीय सर्वोच्च अदालतले सोमबार (आज) गरेको फैसला र आदेशले देशमा प्रतिगनकारी, अहँकारीको विनाशको हरियो झण्डी देखाएको भन्न खिन्न लाग्दैन् ।
वीर शहिदहरुको रगतले सिँचिएको सँविधानलाई कुल्चेर राजनीतिकको रावणरुपी व्यवहारले आजित नेपाली जनताको यो भन्दा अहोभाग्य के होलान र ?’उनले प्रश्न समेत गरे ।
‘आजको देशको पाखण्ड, अहँकारी, घमण्डी, प्रतिगमनकारीको अवशान भएकै हो । सँसद विघटलाई बदर गरी सँसद पुनःस्थापनाको आदेशलाईस्वागत गर्दछौं ।’
उनले नेकपा माओवादि प्रतिगमनको विपक्षमा विगतदेखि नै सशक्त अडान राख्दै आएको स्मरण गर्दै भने,‘केपी ओलीको घमण्डलाई तोड्न हामी अन्ततः सफल भएका छौं ।’