रेडियो धनुषले मनाए व्यापारीसंग चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम


मुकेश ठाकुर, धनुषाधाम २०७८ कार्तिक २० । ग्रेटर मधेस मिडिया प्रा.लिद्वारा संचालित रेडियो धनुष एफएम ९९.७ मेगाहर्ज धनुषाधामको आयोजनामा शनिबार हिन्दुहरुको महान चाड छठको अवसरमा चियापान, शुभकामना आदानप्रदान तथा समुदायमा रेडियोको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा रेडियोले आयोजना गरेको उतm कार्यक्रममा व्यापारी ,सन्तोस यादव,विश्नुदेव ठाकुर,सुरज सिंह,बब्लु साह,प्रबिन ठाकुर,बिनोद ठाकुर,जय कुमार,नरेश यादव,विजय साह,सचीव सिनोद मण्डल लगाइतका व्यापारी, समाजसेवी, राजनैतिक दल, पत्रकार, बिभिन्न कार्यालय कर्मचारी,सशस्त्र प्रहरी बेस क्याम्प सरसाका प्रतिनिधि इलाका प्रहरी कार्यालय सहभागी भएका थिए ।धनुषाधाम उद्योग वाणिज्य सघका अध्यक्ष किशोरी ठकुरले रेडियोको भुमिका महत्वपूर्ण रहेको बताउंदै सबै क्षेत्रलाई सुसूचित बनाउंदै जनप्रतिनीधि, राजनैतिक दल, समुदायमा हुने बिभिन्न नकारात्मक कृयाकलालाई उजागर गर्ने र सभ्य समाज निर्माणमा रेडियोको भुमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा अनिकेत कपडा पसलका संचालक सरोज साहले भने सबैको साथ सबैको बिकास भएको हुनाले धनुषाका हरेक क्षेत्रमा रेडियो धनुषले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउंदै जनताको हितबर्धक कार्यक्रम र सचेतना मुलक कार्यक्रम संगै अगाडी बद्न अपिल गर्दै रेडियोको सफलताको कामना व्यतm गरेत्यस्तै कार्यक्रममा रानी डेरी & स्वट्स कर्नरका संचालक सुर्यनाथ यादवले बोल्दै बिश्वलाई एकै स्थानमा बसेर सुन्न र देख्न र थाहा पाउने सञ्चार माध्यमका कारण मानिसको हरेक क्षेत्रमा बिकास भईरहेको बताउंदै समाज र देशलाई अगाडी बढाउने अभियानमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको बताउंदै धनुषाधाममा रहेका सञ्चार माध्ययमले समेत समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरीरहेको बताउंदै रेडियो धनुषले समाज रुपान्तरणको रुपमा थप महत्वपूर्ण कार्यक्रम र योजना सहित समन्वय कारी भुमिका मार्फत अगाडी बढ्नुपर्नेमा जोड् दिंदै रेडियो धनुषधनुषाधामले समाज रुपान्तरणमा खेलेको भुमिकाअपरिहार्य रहेको बताए ।

रेडियो धनुषका संचालक मुकेश कुमार ठाकुरले बोल्दै देशभर धेरै रेडियोहरु समाज रुपान्तरणमा खटिरहेको बताउंदै रेडियोको सम्रक्षण, सम्बर्धन संगै स्थानिय तहका हरेक गतिवीधिलाई जनतामाझ पुर्याउने कार्यमा रेडियोको भुमिका महत्वपूर्ण रहेको बताउंदै स्थानिय तहका जनप्रतिनीधि, कर्मचारी र रेडियो बिच समन्वयकारी भुमिका आवस्यक रहेको बताए । कार्यक्रम प्रेम चौहानले सन्चालन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button