शहिदनगरकी गर्भवति तथा सुत्केरी महिलालाई फोलिक एसिड र क्याल्सीयमको चक्की निशुल्क वितरण सुरु
धनुषाको शहिदनगर नगरापलिकामा गर्भवति तथा सुत्केरी महिलाहरुको स्वास्थ्यको खयाल गर्दै विहिबारदेखि फोलिक एसिड सहित क्याल्सीयमको चक्की वितरण सुरु गरिएको छ ।
शहिदनगर नगरपालिका पूर्ण खोप घोषित भए बेलादेखि नै नगरकी नगरकी गर्भवति तथा सुत्केरी महिलाको विशेष खयाल राख्नको लागि निरन्तर स्वास्थ्यकर्मीहरु खटाएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकारी दिए ।
यस्तो अवस्थामा पोषणको कमी हुन नदिनको लागि नगरकी लक्षित महिलाहरुलाई फोलिक एसिड र क्याल्सियमको चक्की बितरन आज बाट सहिदनगर नगरपालिका को सम्पुर्ण स्वस्थ्य संस्थाहरु मा सुरुवात गरिएको बरबरियाले बताए।
शहिदनगर नगरपालिका अन्तर्गतका गर्भवती तथा सुत्केरीहरुलाइ प्रत्यक्ष लाभ हेतु र उक्त चक्किहरुको कमिले हुन सक्ने स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्न यो कार्यक्रम कार्यान्वयन गरिएको नगर प्रमुख बरबरियाले जानकारी दिए ।
नगरभित्रकी लक्षित महिलाहरुले सहज रुपमा पोषणको फाईदा उठाउन सकिने बताउँदै उनले यसको लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका छन् ।
चक्की वितरण शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव, स्वास्थ्य शाखा प्रमुख कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव सहित अन्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।