जनकपुरः विद्यार्थीलाई पैसा नदिएपछि कार्यकक्षभित्रै थुनिए क्याम्पस चिफ कर्ण


जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक क्याम्पसका प्रमुखलाई कार्यकक्षभित्रै थुनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोक स्थित रहेको विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरुले क्याम्पस चिफ बिनोद कुमार कर्णलाई क्याम्पसभित्रै थुनेको हो ।

राजर्षी जनक विश्वविद्यालय अन्तर्गत सँचालित विश्वविद्यालय क्याम्पसका चिफ कर्णलाई बिएससी सिएसआईटी तेस्रो बर्षमा अध्ययनरत पाँचौ समेष्टरका विद्यार्थीहरुले क्याम्पसभित्रै थुनेको हो ।

विद्यार्थीहरुले शैक्षिक भ्रमण सहित सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्यूनिकेशन सर्भर, प्रोग्रामिँग का लागि क्याम्पसमा बजेट माग गरेको थियो ।

सो सम्बन्धी कुनै बजेट नहुँदा क्याम्पस प्रमुख कर्ण र विद्यार्थीहरु सहित विज्ञान तथा प्रविधि सँकायका डिन प्रा. डा. श्याम किशोर महतोसँग सहयोग मागेका थिए ।

महतोले उक्त कार्यक्रमको लागि गत पुस १२ गते मेगा बैँकमा रहेको खाताको चेक नम्बर २०३७९८९०७६ बाट ९० हजार रुपैयाँको चेक दिएपनि सो खाता बैँकमा बन्द रहेको पाएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले डीनलाई चेक सम्बन्धी र खाता सम्बन्धी जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको तथा मेसेज गर्दा पनि कुनै जवाफ नदिएपछि विद्यार्थीहरु आक्रोसित भई तोडफोडको चेतावनी सहित क्याम्पस चिफलाई नै थुनेको हो ।

उनीहरुले आफूहरुको भ्रमण, विज्ञान प्राक्टीकलका कुराहरु उपलब्ध नगराए क्याम्पसको अध्ययन अध्ययापन समेत ठप्प पार्ने चेतावनी दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button