सिके राउतसँग कुनै एजेण्डा छैन, मधेशमा अब नौटंकी चल्दैन उसको ः राज्य मन्त्री यादव ।


ओम प्रकाश यादव

विगतका दिनमा मधेशको लागि राजनिति गर्दा गर्दै पछिलो समय आफना सबै माग र मुद्दा ओलीको पाउमा चढाएका सिके राउतसँग अहिले कुनै नयाँ एजेण्डा नै नरहेको मन्त्री यादवले बताए ।

गृह जिल्ला रौतहटको गौरमा आज समाजवादी युवा संघले आयोजना गरेको जिल्ला स्तरीय युवा भेलालाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै राज्य मन्त्री यादवले विना एजेण्डाको राजनितिमा लागेका राउतको मधेशमा अब कुनै नौटंकी नै नचल्ने बताएका छन् ।

ओली आफै मधेश विरोधी रहेको र मधेश विरोधी ओलीको पछि लागेका राउत समेत मधेश विरोधी रहेको प्रमाणित भइसकेको उनले बताए ।

राज्य मन्त्री योगेन्द्र यादवले मधेश विरोधी राउत कहिल्यै पनि मधेशी जनताको मित्र हुन नसक्ने बताए ।विना एजेण्डाको पार्टी जनमतले किसान आन्दोलनको नाममा जनताले मुर्ख बनाउने काम गरेको र राउतको मधेशमा अब कुनै नौटंकी नचल्ने समेत उनले बताए ।

किसानको हरेक समस्या र सुख दुखमा जनता समाजवादी पार्टी सधै साथ दिदै आएको र किसान आन्दोलनको नाममा सिके राउत मधेशमा नौटंकी गर्दै हिडेको उनले आरोप लगाए ।राउत कहिल्यै किसान र मधेशीको समस्या बुझन नसक्ने भन्दै उनले मधेश र मधेशी जनताको अधिकार एक मात्र पार्टी जसपा नै दिलाउन सक्ने भएकोले जसपामा नै लाग्न सबैलाई आग्रह गरे ।

कृषि राज्य मन्त्री यादवले जनता समाजवादी पार्टीले मधेशी जनताको पहिचान दिलाउन सफल भएको समेत बताएका छन ।पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनको बलमा नै प्रदेश २ को नाम मधेश प्रदेश नामाकरण गर्न आफुहरु सफल भएको उनले बताए ।

मधेश प्रदेश नामाकरणले देश विदेशमा समेत मधेशी जनताको स्वभीमान र पहिचान कायम भएको उनले बताए ।जनता समाजवादी पार्टीले नै मधेश प्रदेश घोष्णा गराएर मधेश र मधेशी जनताको अस्तित्व एवं इज्जत जोगाइदिएको उनले बताए ।कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटको हरेक सडकलाई मधेशको राजधानी जनकपुरसँग जोडने धारणा राखेका हुन ।

राज्य मन्त्री यादवले रौतहटको ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाई राजमार्गसँग जोडन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई आग्रह गरेका हुन ।

हरेक सडक राजमार्गसँग जोडिएपछि स्थायी राजधानी जनकपुर पुग्न रौतहटबासीलाई सहज हुने भन्दै राज्य मन्त्री यादवले जिल्लाको सडकसञ्जाललाई राजमार्गमा जोडन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई ध्यानाकर्षण गराएका हुन ।

सानो रोड भएको कारण दिनहु दुर्घटना हुँदै आएको गौर चन्द्रपुर सडकखण्डलाई फोर लेन बनाउन तथा गौर पिपरा माधोपुर समनपुर सडकलाई यथासिघ्र स्तरउन्नती गरी विस्तार गर्न राज्य मन्त्री यादवले यातायात मन्त्री यादवलाई ध्यानाकर्णण गराएका छन् ।

रौतहटको बागमति र लालबकैया नदिमा वर्षैदेखी अधुरा रहेको दर्जनौ पुल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन उनले मन्त्री रेणु यादवलाई आग्रह गरे ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवले जसपा र जनमत दुबै पार्टी मधेशकै लागि लडने पार्टी भएकोले दुबै पार्टीको धारणा एक हुनुपर्नेमा जनमतले अहिले जसपालाई नै विरोध गर्न लागि पर्नु हास्यास्पद भएको बताएका छन ।

आफै आफैमा लडेर वा मधेशवादी दलको नै विरोध गरेर कुनै पनि शर्तमा उपलब्धि हासिल गर्न नसकिने नेता यादवले बताए ।यदि साच्चै सिके राउत मधेशी जनताको लागि लडेको हो भने जसपाको होईन मधेशीलाई अधिकार दिन नचाहने कांग्रेस, एमाले, माओवादी पार्टीसँग लडन मन्त्री यादवले राउतलाई सुझाव दिएका हुन ।

कार्यक्रममा पार्टीका प्रदेश सांसद किशोरी यादव, केन्द्रिय सदस्य विन्देश्वर यादव लगाएतले आ आफना मन्तव्य राखेका थिए ।बलीदानी दिवसको अवसर पारेर समाजवादी युवा संघ जिल्ला कार्य समिति रौतहटले आयोजना गरेको जिल्ला स्तरीय युवा भेला आम जनताको अपार र व्यापक जनसहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रेणु यादव र राज्य मन्त्री योगेन्द्र यादवले मधेश आन्दोलनमा शहीद भएका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।कार्यक्रममा भोजपुरी गायक सुनिल पंडित र स्मृति मिश्राले प्रस्तुती दिएका थिए ।

समाजवादी युवा संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष कौशरखान मिथिलाको अध्यक्षतामा भएको कार्यक्रममा नेता राजकुमार दास, उपमेयर किरण ठाकुर, नेता वृज किशोर यादव, मेयर धर्मेन्द्र पटेल, जयनाथ यादव लगाएतको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button