राज्य मन्त्रीको पहलमा रेणुले अनुगमन गरेपछि रौतहटको दर्जनौ अलपत्र पुल चाँडै निर्माण हुने ।


ओम प्रकाश यादव

माघ ६ गते, रौतहट ।नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले रौतहटमा अलपत्र अवस्थामा रहेको पुलहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

कृषि राज्य मन्त्री योगेन्द्र यादवको विषेश पहलमा बुधवार समाजवादी युवा संघको जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्न रौतहट आएकी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले विहिवार रौतहटको बागमति, लालबकैया, झाँझ लगाएतका नदिमा वर्षौदेखी अलपत्र परेका अर्थात निर्माण कार्य शुरु भई अधुरो रहेका पक्की पुलहरुको स्थलगत अनुगमन निरीक्षण गरेकी छिन् ।

भौतिक पुर्वाधार मन्त्री यादव र कृषि राज्य मन्त्री यादवले दुबै जना संयुक्त रुपमा वर्षौदेखी अलपत्र अवस्थामा रहेको लालबकैया नदिको गौर टिकुलीया घाटको पुल, रौतहट र सर्लाहीलाई जोडने बागमति नदिको बडहर्वा घाटको पुल, सरुअठा स्थित झाँझ नदिको पुल, पचरुखी छतौनामा निर्माणधीन पुल सहित जिल्लाको साना ठुला गरी विभिन्न नदिमा अलपत्र अवस्थामा रहेको पुलहरुको निर्माण स्थलमा गई निरीक्षण गरेका हुन ।

अनुगमनमा उक्त पुलहरुको अवस्था हेरेपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अलपत्र परेका यी सबै पुलको बाँकी काम तुरुन्त सकाउन सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहलाई निर्देशन दिएकी छिन् ।

मन्त्री यादवले पुल निर्माण गर्ने जिम्मा लिएका ठेकेदारहरुलाई गुणस्तरीय काम गरी तोकिएको मितिमा निर्माण कार्य सम्पन्न गर्न कडा निर्देशन दिएकी छिन् ।

पुल निर्माण गर्ने जिम्मा लिएर बिचैमा अधुरो छाडी भाग्ने ठेकेदारलाई कडा कार्यवाही गर्ने समेत उनले चेतावनी दिईन ।मन्त्री यादवको निर्देशनपछि अब रौतहटको विभिन्न नदिमा दशकौ दशकदेखी अलपत्र अवस्थामा रहेको साना ठुला गरी दर्जनौ पुल निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने भएको छ ।

राज्य मन्त्री योगेन्द्र यादवको पहलमा भौतिक पुर्वाधार मन्त्री रेणु यादवले अनुगमन गरी समयमै निर्माण कार्य सकाउन सम्बन्धित निकायलाई निर्देशन दिएपछि रौतहटको विभिन्न नदिहरुमा वर्षैदेखी अलपत्र परेका पुलहरु अब चाँडै निर्माण हुने भएपछि रौतहटबासी मन्त्री यादवलाई धन्यवाद दिनुका साथै निकै हर्षित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button