राज्यमन्त्री यादव मधेश आन्दोलनका घाइते सिंहको घरमै पुगेर मधेश सरकारको तर्फबाट चेक हस्तान्तरण गरे ।


रौतहट, १४ माघ । मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।

शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेश सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सिंह घाइते भएका थिए ।

यसअघि पनि प्रदेश सरकारले एक लाख नगद र प्रदेश कृषि मन्त्रालयले जिविकोपार्जनका लागि दुधालु भैँसी दिएर उनलाई सहयोग गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button