मेयर बरबरियाले भित्र्याए काँग्रेस र जसपाका परिचित व्यक्तिहरुलाई माओवादी केन्द्र मा ।


नट्राज टाईम्स , जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शनिबार नेपाली काँग्रेस र जसपाका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् ।

शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली ताराटोलस्थित शनिबार दिउँसो भेटघाट कार्यक्रमको क्रममा धबौलीको चर्चित नेताहरुलाई नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् ।सो क्रमममा धबौलीमा चिरपरिचित नेपाली काँग्रेसका दिलीप मण्डल, जसपाका सुरेश मण्डल, डा. सरोज कुमार मण्डलसहित अन्य व्यक्तिहरुलाई माओवादीमा प्रवेश गराएको हो ।

सोही क्रममा धबौलीबाटै भुली पासमान , अजित मण्डल , फुल कुमारी पासमान , करिया पासमान , बिपती साह , नथु साह , रामचन्द्र साह , दिलिप मण्डल लगायतका नेता कार्यकर्ताहरुलाई मेयर बरबरियाले माओवादी पार्टीमा स्वागत गरेका थिए ।

धबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button