नेपाल सांस्कृतिक संघको मधेस प्रदेश संयोजक पदमा जिवनाथ चौधरी मनोनीत


काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको मधेस प्रदेश संयोजक पदमा जिवनाथ चौधरी मनोनीत भएका छन् ।

गत फागुन ५ गते संघको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले चौधरीलाई मधेस प्रदेश संयोजक पदमा मनोनित गरेको हो ।

संघका सभापति तिर्थबहादुर थापाद्धारा हस्ताक्षर गरिएको उक्त मनोनयन पत्रमा चौधरीलाई संघको निति र आदर्शमा रहि जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button