जसपाका खम्बा मानिएको नेता फुल्गेन खलिफा यादव पनि माओवादीमा केन्द्रमा पर्वेश
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु चुनाव नजिकिदै गर्दा पार्टी छाडेर अन्य पार्टीमा भाग्ने क्रम जारी रहेको छ ।
सोही क्रममा मँगलबार जसपाका एक अर्का नेता पनि माओवादीको शरणमा पुगेका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. १ का जसपाको चर्चित नेता मानिएको फुलगेन यादव माओवादीमा प्रवेश गरेका छन् ।
मँलबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको क्रममा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा भित्रयाएका छन् ।
जसपाको नेताहरु स्वार्थी भएको भन्दै उनले माओवादीमा प्रवेश गरेको बताएका छन् ।
उनलाई अबिर माला लगाएर प्रचण्डले माओवादी केन्द्रको सदस्यता दिएका हुन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका स्थानीय तह विभागका ईन्चार्ज एवम् शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को विशेष पहलपछि यादव माओवादीमा प्रवेश गरेको हो । माओवादीमा प्रवेश गरेपछि उनलाई मेयर बरबरियासहितका नेताहरुले स्वागत गरेको हो ।