जसपा मधेश प्रदेश मिडिया परिचालन समिति गठन
जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट मधेश प्रदेश मिडिया परिचालन समिति गठन गरिएको छ
सो कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम मधेश प्रदेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र विशिष्ट अतिथि भुमी ब्यवस्था तथा कृषी सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवको उपस्थितिमा जनकपुरमा आइतबार आयोजित एक प्रदेशस्तरीय भेलाले मनोज यादवको संयोजकत्वमा १२ सदस्य समिति गठन गरेको हो ।गठित समितिको सदस्य सचिवमा स्मृति मिश्र लाई चयन गरिएको छ ।
गठित समितिको सदस्यहरुमा बृजमान तामाङ, अर्मेन्द्र यादव, माला राय, नागेन्द्र यादव, किशोरी यादव, राम विनय साह, आर.के पटेल, विरेन्द्र साह, आरती मण्डल, प्रेमशिला यादव रहेका छन् ।
उक्त भेलामा जसपा केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य एवम् जसपा केन्द्रिय सदस्य अमरनाथ मण्डल, प्रेस मञ्च नेपाल मधेश प्रदेश निवर्तमान अध्यक्ष श्यामसुन्दर यादव, प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा, प्रेस मञ्च नेपालका केन्द्रिय सदस्यहरु, प्रेस मञ्चका मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका अध्यक्षहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।