माओवादी केन्द्रले एकलै जितेको शहिदनगरमा माओवादी फेरी एक्लै जित्छः नगर सचिव पासवान
जनकपुरधाम । दलित मुक्ति मोर्चाका धनुषा जिल्ला अध्यक्ष रामकिशोर पासवानले धनुषाको शहिदनगर नगरपालिकामा आगामी चुनाव आफ्नै बलबुतामा जित्ने दाबी गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शहिदनगर नगरपालिकाको सचिव समेत रहेका पासवानले आगामी बैशाख ३० गते हुने चुनावमा माओवादी एक्लै चुनाव जित्ने बताएका छन् ।
आगामी बर्षको बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएपछि शहिदनगरमा समेत चुनावी सरगर्मी बढदै जाँदा उनले नगरपालिकामा माओवादीको सँगठन बलियो रहेको भन्दै गत चुनावमा एक्लै जितेको माओवादी यसपाली पनि एक्लै जित्ने दाबी गरे ।
शहिदनगर नगरपालिकामा माओवादी केन्द्र बलियो रहेको बताउँदै सचिव पासवानले यहाँका नेताहरुले आफ्नो बर्चश्व गुम्न नदिने ठोकुवा गरे ।
उनले चुनावी तयारी जोडतोडले चलेको बताए । उनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ ।
हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका ।
उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् ।
उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।
”उदय बरबरिया मेयर भएदेखि शहिदनगरको मुहार फेरिएको तथ्य कसैसँग नलुेकेको बताउँदै उनले विपक्षी पार्टीहरुले गर्ने विकास विरोधी कार्यहरुलाई यहाँका जनताले मूल्याँकन गरिरहेको बताए ।