दलित नेतृत्वको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश साँसदमा लडने पासवानको घोषणा



जनकपुरधाम । आउँदो प्रदेश साँसदको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट माओवादीका युवा नेता रामकिशोर पासवानले साँसदमा लडने घोषणा गरेका छन् ।

दलित उत्थानको लागि दलित नेतृत्व आवश्यक रहेको भन्दै उनले आउँदो चुनावमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चुनाव लडने घोषणा गरेका छन् ।

दलित, अल्पसँख्यक, किसान, सीमान्तकृत, पिछडिएका वर्गको अधिकार सम्बोधन र राज्यको मूलधारमा ल्याउनको लागि माओवादीले मात्र अहम भूमिका निर्वाह गरेको भन्दै उनले आगामी चुनावमा प्रदेश साँसदमा उम्मेदवारी घोषणा गरेका छन् ।

माओवादी पार्टीमा निकै सक्रिय रहेका रामकिशोर पासवानले मधेश प्रदेशको सँसदमा दलित नेतृत्वको आवश्यकता रहेकोले आफू उम्मेदवारी दिने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button