मन्त्री साह आजबाट धर्नामा


समयमा संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साह आजबाट धर्नामा बसेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको र यसअघि समय सीमा दिँदै ज्ञापन पत्र पठाउँदा समेत ध्यान नदिएको भन्दै मन्त्री साह प्रदेश प्रमुखको कार्यालयमा धर्नामा लागेका हुन् ।

मन्त्री साहले आफूले पटक पटक प्रहरी समायोजनका लागि भने पनि संघ सरकारले बेवास्ता गरेका कारण बाध्य भएर धर्नामा बस्न बताएका छन् ।

उनले ५ वर्षमा प्रहरी समायोजन गर्न नसकेका कारण प्रदेशको सुरक्षा निकायबारे अन्यौलता रहेकाले धर्ना दिन बाध्य लागेको बताए ।मन्त्री साहले बिहान ११ देखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताइएको छ ।

धर्नामा मन्त्रीसहित सांसद र नागरिक समाजका अगुवाको पनि सहभागिता रहने छ ।

एक सताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध दोस्रो आन्दोलनको कार्यक्रम घोषणा गरिने मन्त्री साहले बताए ।

धर्ना कार्यक्रममा मुख्यमंत्री लालबाबु राउत, गृह तथा संचार राज्य मंत्री किरन कर्ण, ऊर्जा तथा खानेपानी मंत्री ओम प्रकाश शर्मा, प्रदेश सभा तथा मामिला मंत्री प्रदीप यादब, भौतिक पूर्वाधार विकास मंत्री राम सरोज यादव , सासंद शैलेन्द्र यादव,चमेली देवी दास,तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button