मधेस प्रदेशमा शिक्षाको सुधार ः कार्यकारी निर्देशक नवल किशोर यादव


जनकपुरधाम

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले मधेस प्रदेशका जिल्लाहरूमा शिक्षाको सुधारका लागि  विगत दुइ दशक भन्दा बढी देखि काम गर्दै आएको बताए ।

मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा साे कुरा कार्यकारी निर्देशक यादवले बताएका छन ।

मधेस प्रदेशको साक्षरता दर ४९.५४ प्रतिशत रहेको छ । मधेस प्रदेशका आठ वटै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) साक्षर घोषणा हुन सकेका छैनन् । यस प्रदेशमा सबैभन्दा कमजोर रौतहटमा ४१.६९ प्रतिशत  र प्रदेशमा बढी साक्षर भएको जिल्ला पर्सामा ७६.९८ प्रतिशत साक्षरता दर रहेको छ । यस प्रदेशमाा विद्यार्थी भर्नादर ५३.३ रहेको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले लगानी क्रमश बढ्ने र सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवालहरु सम्बोधन हुने बताउनुभयो ।

सचिव सुवेदीले उक्त नआउँदा पनि शिक्षाका कामहरु गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो । तराई मधेसमा बालिकाहरुको शिक्षाको अवस्था झन् कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो । बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ्याएसम्म खुल्ला र सरकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था, गैह्रसरकारी संस्था, विज्ञहरु, शिक्षक सङ्घ सङ्गठन, विद्यार्थी सङ्गठन, अभिभावक सङ्गठन, शिक्षा पत्रकारहरुको प्रतिनिधि रहेको थियो ।
आसमान नेपालका नीति तथा सुशासन सल्लाहकार गुरु सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सचिव मतिना त्वनाबसुले सहजीकरण गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button