केपि ओली आउने पुर्व सन्ध्यामा धनुषाको तिनकौरियामा मशाल जुलुस


जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली शनिवार आउने धनुषाको तिनकौरिया बजारमा उनको आगमनको पूर्व सँध्यामा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एस सन्युक्त रुपमा मशाल जुलुस प्रदर्शन गरेको हो। हात–हातमा मशाल बालेका उनीहरु राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए ।“

केपि ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद” सहितका नारा उनीहरुले लगाएका छन् ।

हातबाट प्रहरीले मशाल खोस्न चाहेपनि केहि बेर तनाव समेत भएको थियो । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शनिवार सोहि बजारमा लोसपाका सचेतक तथा सांसद उमाशंकर अरगरिया सहितकालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आउन लागेका हुन ।

मशाल जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् मधेश प्रदेश कमिटि सदस्य उदय बरबरिया, बिदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर यादव, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button