शहिदनगरमा मेयर दिनेश र अधिकृत साबन चौधरी ले गरे अदातलको आदेश अवहेलना


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ ।

शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र अधिकृत सावन चौधरीले अदालतको आदेशलाई अवहेलना गरी पुनः दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको हो ।

शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको जनता इकाइ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण ठाकुर र अधिकृत सावन चौधरीको हस्ताक्षरित असोज ६ गतेको सूचना निकालेर शिक्षक भर्ना मागेको हो ।

उच्च अदालत जनकपुरमा परेको उत्प्रेषण मुद्दामा उच्च अदालतले असोज ५ गते नै कार्तिक १ गतेको लागि पेशी तोक्दै यस अवधीभित्र कुनै प्रकारको शिक्षक भर्ना नगर्न अन्तरिम आदेश दिएको हो ।

अदालतले भदौ १९ गते प्रकाशित गरिएको शिक्षक भर्नाको विज्ञापन अनुसार शिक्षक र कर्मचारीहरुको करार नियुक्ती तथा पदपूर्ति नगर्न नगराउन अन्तरिम आदेश दिएपछि असोज ६ गते मेयर यादवको निर्देशनमा अधिकृत चौधरी र प्रधानाध्यापक ठाकुरले अदालतको आदेशलाई धज्जिया उडाउँदै पुनः शिक्षक भर्नाको विज्ञापन प्रकाशित गरेको हो ।

शहिदनगर नगरपालिका वडा नम्बर ३ बस्ने कारी खत्वेले असोज ५ गतेमा विद्यालय व्यवस्थापन समितिको नाममा दिएको उत्प्रेषण मुद्दामा अदालतले इमरजेन्सी आदेश दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button