राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा ३को प्रतिनिधिसभामा!डा. रंजित पजियारले दिए उम्मेदवारी


राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा ३को प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका डा. रंजित पजियारले जनताको आधारभूत आवश्यक्ता सहज रुपमा पूरा होस भन्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन् ।

मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ती हुन नसकेकाले चुनावी मैदानमा उतरिनु परेको बताए ।

धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार पंजियारले सबै दलका नेता कार्यकर्ताहरुलाई मतदाताले परिक्षण गरिसकेकाले यस पटक आफूलाई यहाँका मतदाताले अवसर दिने विश्वास व्यक्त गरे ।

मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउने हाम्रो प्रमुख लक्ष्य रहेको उनको भनाई थियो ।

आफ्नो प्रदेशमा स्वास्थ्य सेवाको खस्कदो अवस्थालाई देखेर नै आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउने उद्देश्यले राजनीतिमा लाग्ने निर्णय गरेको स्पष्ट गरे ।

मधेस प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर छ नै त्यसमाथी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा राजनीतिको अखाडा बनेकोमा आक्रोश व्यक्त गरे ।

उनले आफू निर्वाचित भए स्वास्थ्य संस्थामा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि समेत प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै रोजगारी नपाएर युवाहरु हातमुख जोर्नकै लागि वैदेशिक रोजगारीका लागि पलायन भईरहेका छन्, शिक्षाको अवस्था कमजोर नै छ, महिला सशक्तिकरणकालागि खासै पहल भएको छैन यी यावत समस्याहरु समाधान गर्ने हाम्रो दलको प्रमुख लक्ष्य रहेको पजियारले बताए ।

यसका साथै युवाहरुलाई राजनीतिमा प्रेरित गर्नकै लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे । आफ्नो जीतले युवाहरुलाई राजनीतिमा लाग्न प्रेरित गर्ने उनको भनाई थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button