बाल विवाह न्यूनिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाल विवाह न्यूनिकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आज मंगलवार सम्पन्न भएको छ । आसमान नेपालको संयोजन र प्लान इन्टरनेश्नलको सहयोगमा जनकपुरमा आयोजन गरिएको छ । सो कार्यक्रामा धनुषाको पाँचवटा पालिकाहरुमा लागु गरिएको छ ।
प्राथमिक तह देखि माध्यमिक सम्म जाने बालबालिकाको संख्या घटदै गएको छ । यो सम्स्याको समाधान स्थानिय सरकारको निकै ठुलो भुमिका हुन्छ । विवाहको उमेर घटाउन सक्दैन हामी संविधानलाई नै मान्नु पर्छ ।
कानुन पाल्ना नगरे सजायको भागिदार हुन्छ । सम्स्या खोज्दै समाधानको उपायमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । बालविबाह रोक्न सबैको साथ र सहयोगको आव्श्यक रहेको छ ।
बालविवाह न्यूनिकरणकालागि शिक्षामा ध्यान दिन आव्श्यक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले टिप्पण्ी गर्नुभएको छ ।
मधश प्रदेशमा बाल विवाहको जोखिम कम हुन सकेको छैन् ।
विभिन्न सचेतनामुलक कार्यक्रम, खबरदारी र जागरणका र समाचार माध्यममा समाचार आउदा पनि बाल बालविवाहको सम्स्या समधान हुन सकेको छैन् ।
जनताको सबै भन्दा नजिको सरकार स्थानिय सरकार भएकोले संचालण गर्न आवश्यक रहेको छ ।
विद्यमान परमपराले गर्दा बालविवाहमा नियत्रण गर्न गाह्रो हुदै छ आसमान नेपालका कानुनी सल्लाहकार गुरु सुवेदीले जनकारी दिनुभयो ।
धनुषा जिल्लाको शहिदनगर, सबैला, कमला, विदेह र जनकनन्दनी गाँउपालिमा बालविवाह न्यूनिकरणका लागि कार्यक्रमहरु चल्दै आइरहेका छन् ।
स्थानिय सरकारको सहयोगको आव्श्यक्ता रहेको छ ।
विद्यार्थीहरु बिचमा विद्यालय छोड्ने संख्यामा बढिरहेको छ र यस्को मुख्य कारण छोराछोरी बिचको भेदभाव रहेको आसमान नेपालका कार्यक्रम निर्देशक दिलिप यादवले जानकारी गराउनुभएको छ ।