बारा २ को उपचुनावमा उपेन्द्र यादव बलियो बन्यो


वैशाख १० गते !देशका विभिन्न तीन क्षेत्रमा उपचुनाव हुँदैछ । उपचुनावमा उम्मेदवारहरु मत माग्न निर्वाचन क्षेत्रमा खटिएका छन् । मत माग्ने उम्मेदवारहरुले एकले अर्कोलाई आक्षेप लगाउनेदेखि आफ्नो जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् । तर, उम्मेदवारको वास्तविक अवस्था कस्तो छ त ? जनता समाजवादी पार्टीबाट बारा २ मा निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली छ ।उपराष्ट्रपतिको निर्वाचन क्षेत्रमा हुन लागेको उपचुनावमा चार उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह मैदानमा छन् । गएको चुनावमा पराजित उम्मेदवारहरुको नै यसपटक उम्मेदवारीमा वर्चस्व देखिएपछि त्यस क्षेत्रको चुनावलाई हरुवाहरुबीचको चुनाव भनेर टिप्पणी भइरहेका छन् । तर, निर्वाचनमा योग्यता पुगेका जो कोहि नागरिक उम्मेदवार हुन पाउने भएकाले उनीहरुको उम्मेदवारी नैतिकताको कसीमा बाहेक सबै ढंगले जायज नै छ ।गएको चुनावमा यस क्षेत्रमा रामसहाय, शिवचन्द्र र रामकिशोर प्रसाद यादवबीच मुख्य प्रतिष्पर्धा भएको थियो । त्यसबेला जसपाका रामसहायले माओवादी केन्द्रका शिवचन्द्रलाई तीन सय बढी मतले पराजित गरेका थिए ।

यसैमा जसपाबाटै विद्रोह गरि स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवले समेत ११ हजार बढी मत पाएका थिए ।

गएको चुनावमा कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार बनेका शिवचन्द्र यस पटकको उपचुनावमा जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।यस्तै, त्यसबेला जनमत पार्टीले झण्डै २८ सय मत ल्याएको थियो । एमालेले जसपालाई सघाएका कारण त्यस क्षेत्रमा एमालेको उम्मेदवार नै थिएन् ।

तर, यसपटक गठबन्धन पनि फेरिएको र चुनावी माहोल पनि फेरिएकाले यस क्षेत्रको चुनाव थप रोचक बन्ने देखिन्छ ।उपचुनावमा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेल उम्मेदवार बनेका छन् ।

फेरिएको अवस्था र चुनाव भएको केहि समयमै हुन लागेको उपचुनावप्रति जनताको सहभागीताको विषय समेत गम्भीर ढंगले प्रस्तुत हुने भएकाले यस पटकको निर्वाचनमा यसै भन्न सकिने अवस्था छैन् ।

तर, पहिलेको निर्वाचन परिणाम र अन्य आधारलाई केन्द्र मानेर आंकलन गर्ने हो भन्ने जसपाका उम्मेदवार उपेन्द्र यादवले सहजै जीत निकालने आंकलन गरिएको छ । पाँच दलिए गठबंधनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन गठबंधनका नेताहरु पनि सक्रिय भएको अवस्था रहेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button