बारामा उपेन्द्र यादव अग्रपंतिमा, दोस्रोमा एमाले, तेस्रोमा जनमत ।
ओम प्रकाश यादव गरुडा समाचारदाता वैशाख ६ गते, रौतहट ।
यही आउँदो वैशाख १० गते बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा भाग लिएका सबै उम्मेदवार मध्ये जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सबभन्दा अग्रस्थानमा रहेको पाइएको छ।
जनकपुर टुडेकर्मी सहित अन्य सञ्चारकर्मीहरुको एक टोलीले हालै बारा क्षेत्र नं २ को सबै पालिकामा स्थलगत रिपोर्टिङ गरी गरेको सर्वेक्षणको आधारमा बारा क्षेत्र नं २ को चुनावी दौडमा पाँच दलीय गठबंधनका संयुक्त उम्मेदवार समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अन्य उम्मेदवार भन्दा निकै अगाडि रहेको देखिएको छ।बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोतम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतंत्र पार्टीबाट पूर्व डिआईजी रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली लगायत विभिन्न दल र स्वतंत्र बाट गरी ३४ जना चुनावी मैदानमा उत्रिएका छन्।यस निर्वाचन क्षेत्रमा पचरौता, महागढीमाई र कोल्हवी गरी तीनवटा नगरपालिका रहेका छन् भने सुवर्ण, करैयामाई र देवताल गरी तीनवटा गाउँपालिका समेत रहेका छन्। छ वटै पालिकाको गरी यस निर्वाचन क्षेत्रमा जम्मा ४४ वटा वडाहरु रहेका छन्।
यी ४४ वटा वडा मध्ये अधिकांश वडामा पत्रकारहरुको टोलीले स्थलगत रिपोर्टिङको माध्यमले आम मतदाताहरु संग प्रत्यक्ष भेटेर कुरा गर्दा ४३.५६ प्रतिशत मतदाता जसपा अध्यक्ष उपेन्द्र यादवलाई मत दिने बताएका छन्।
त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेललाई २४.३ प्रतिशत, तेस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई १९.४ प्रतिशत, चौथौ स्थानमा राष्ट्रिय स्वतंत्र पार्टीका उम्मेदवार रमेश खरेललाई ५.१ प्रतिशत, पाँचौं स्थानमा आम जनता पार्टीका उम्मेद्वार अरुण ज्ञवालीलाई ४.२ प्रतिशत जनताले मत दिने बताएको पत्रकारहरुको सर्वेक्षणले देखाएको छ।
त्यस्तै बाँकि ३.४४ प्रतिशत मत कसलाई दिने भन्ने निर्णय गरिनसकेको पाइएको छ।
मत सर्वेक्षणको आधारमा बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका पुरुषोतम पौडेलबीच नै प्रतिस्पर्धा हुने आम मतदाताहरुले बताएका छन्।
यादव र पौडेल बीच प्रतिस्पर्धा हुने देखिएपनि अन्तत उपेन्द्र यादवले नै सहजै जित निकाल्ने मतदाताहरुको भनाई छ ।
बाहिर बाहिर उपेन्द्र यादवसँग सीके राउतको पार्टी जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाको प्रतिस्पर्धा हुने आँकलन गरिएपनि ग्राउन्ड जिरोमा बुझ्दा उपेन्द्र यादव संग कुशवाहाको नभई एमालेका पुरुषोतम पौडेलको प्रतिस्पर्धा हुने देखिएको छ।
बारा-२ मा जसपाको संगठन बलियो रहेको अर्थात् सबभन्दा राम्रो रहेको र त्यसमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलले जासपाका उम्मेदवार उपेन्द्र यादवलाई नै साथ दिएको कारण यादव सहजै जित्ने उनीहरूको भनाई छ।
त्यस्तै एमालेका उम्मेदवार पुरुषोतम पौडेलभन्दा जनमतका उम्मेदवार कुशवाहाको प्रचार प्रसार बढी भएको पाइएको छ।
ग्राउन्ड जिरोमा पौडेल भन्दा कुशवाहाको चर्चा बढी भएको देखिएपनि अन्त्यमा एमालेका पौडेलले जनमतका उम्मेदवार कुशवाहालाई उछिट्टिएर पछाडि पार्ने प्रबल सम्भावना रहेको छ।
सप्तरी २ मा सीके राउतले उपेन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गरेका कारण बारामा पनि सीके राउतको पार्टीले यादवलाई पराजित गर्न सक्ने आँकलन सहित सिको राउतको नामबाट जनमतका उम्मेदवारको एमाले भन्दा बढी प्रचार भएको पाइएको छ तर बारा- २ मा सीके राउतको पार्टीको संगठन धेरै कमजोर रहेको छ भने एमालेका संगठन धेरै बलियो रहेको छ सोही कारण हल्ला सीके राउतको पार्टीको भएपनी राउतको पार्टीभन्दा एमालेका उम्मेद्वार पौडेलको पक्षमा बढी मत आउने बलियो सम्भावना रहेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरिया भएको, पटक पटक चुनाव जितेर सत्तामा गएर पनि खासै केही नगरेको जस्ता विभिन्न आरोप लगाउँदै केही मतदाताहरु उपेन्द्र भन्दा सीके राउत नै राम्रो भएको तथा मधेश र मधेशी जनताको हक अधिकार सीके राउतले मात्र दिलाउन सक्ने भनी सीके राउतको पार्टीलाई नै मत दिएर जिताउने बताएका छन्।
उपेन्द्र यादवले यस अघि आफूहरुको क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई नेपालकै सबभन्दा उच्च ओहोदाका पद उपराष्ट्रपति बनाएर आफूहरुको क्षेत्रका गौरव बढाउनुका साथै ठूलो मान सम्मान गरेको तथा बारा-२ का सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाएको भन्दै आफूहरु उपेन्द्र यादवलाई नै मत दिने पचरौता नगरपालिका – ७ बेनौलिकी शारदा देवीले बताएकी छन्।
उनले भनिन् उपेन्द्र यादवले विगतदेखि नै मधेश र मधेशी जनताको हक अधिकारका लागि लड्दै आएको र उनले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मकमा शासन व्यवस्था आएको, प्रदेश २ को नाम मधेश प्रदेश नामाकरण भएको, मधेशीले गर्वले मधेशी भन्न पाएको, सरकारी जागिरमा मधेशी कोटा निर्धारण गरिएको छ।
मधेशका लागि लड्ने एक मात्र नेता उपेन्द्र यादव नै भएकोले हामी उपेन्द्र यादवलाई नै मत दिन्छौ उनले भनिन् ।
उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्ना क्षेत्रका सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउँदा उनलाई उपराष्ट्रपति बन्न बाट रोक्न सीके राउतले ममता झालाई उम्मेदवार उठाएकोले आफूहरु कुनै हालतमा सीके राउतको पार्टीका उम्मेदवारलाई मत नदिने करैयामाई गाउँपालिका – ८ बेलाहिका धर्मेन्द्र साह कलवारले बताए ।
आफ्ना क्षेत्रका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बन्नबाट रोक्न खोज्ने सीके राउत संग चुनावमा अब हिसाब किताब लिने बेला आएको कलवारले बताए ।
सीके राउतले मधेशको लागि केही गर्न नसक्ने बताउँदै अर्का स्थानीय किशोरी साहले मधेश र मधेशी जनतालाई उपेन्द्र यादवले मात्र अधिकार सम्पन्न बनाउन सक्ने भन्दै आफूहरु उपेन्द्र यादवलाई नै मत दिने बताए ।किशोरी साह जस्ता विभिन्न पालिकाका अधिकांश