धनुषाको यदुकूहा अस्पतालमा नर्सको लापरवाहीले एक सुत्केरीको मृत्यू


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक सुत्केरी महिलाको ज्यान गएको छ । सो स्वास्थ्यकेन्द्रमा कार्यरत नर्स किरण मण्डलको लापरवाहीले सुत्केरीको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् ।

गत बैशाख ६ गते प्रसुति गराउन गएकी शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया बस्ने सितेश मुखियाकी २८ बर्षिय श्रीमति पूजा मुखियालाई प्रसुति हुँदा अत्यधिक रक्तश्राव सुरु भएको थियो ।

रक्तश्राव भएपनि नर्स किरण मण्डलले उनलाई घर पठाएपछि तीनदिनपछि शुक्रबार विहान उनको ज्यान गएको हो ।

नर्स मण्डलले समान्य रक्तश्राव मात्र रहेको भन्दै उनलाई घर पठाएको आरोप परिवारजनले लगाएका छन् । पूजाले बच्चालाई जन्म दिएपनि उनी आफैँ भने बाच्न सकिनन् । प्रसुति भए लगत्तै उनलाई रक्तश्राव (बिलिडिँग) सुरु भएको थियो ।

नर्स मण्डलले रक्तश्राव नरोकिँदै हतार हतारमा पूजालाई जबरदस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको मृत्यू भएको हो । नर्स र स्वास्थ्यकर्मीको लापरवाहीले मुखियाको मृत्यू भएको परिवारजनको आरोप छ ।

यता, परिवारजनले सो घटनालाई नगरपालिकाले नै दबाउन खोजेको आरोप लगाएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइएको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button