किसानको लागि आएको धानको बीउ बाँडिएनन, कोदालो खाने दाउमा शहिदनगरका जनप्रतिनीधि


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिहरु किसानको कोदालो खाने दाउमा लागेको खुलेको छ ।

किसानहरुको लागि सुविधा स्वरुप सरकारी बजेटले किनेर ल्याएको कोदालो बेच्ने दाउमा रहेको बताईएको छ ।

करिब ४ महिना अगाडी नै किसानहरुको लागि किनेर ल्याईएको कृषि उपकरण कोदालो अझै वितरण नगर्दा किसानहरुले जनप्रतिनीधिहरु कोदालो खाने दाउमा रहेको बताएका छन् ।

नगरपालिकाभरिको गरिब किसानहरुको लागि शहिदनगर नगरपालिकामा १ हजार १ सय २० कोदालो खरिद गरिएको हो ।

नगरपालिकाले कृषि शाखालाई जिम्मा लगाइएको कोदालोहरु असार मसान्त आएपनि वितरण नगर्दा उनीहरु कोदालो खाने दाउमा रहेको प्रतिक्रिया शहिदनगर नगरपालिका वडा नं. ७ धबौली बस्ने विष्णु मण्डलले दिएका छन् ।

किसानहरुलाई दिनुपर्ने कोदालोहरु अहिलेसम्म जस्ताको त्यस्तै घरमा थनकाएर राखिएको छ। एकै ठाउँमा कोदालोहरु राख्दा कोदालोहरुमा खिया समेत लागेको देखिएको छ।

शहिदनगर नगरपालिकामा किसानको लागि निरन्तर कृषि अन्त्रहरु आइराख्दा पनि किसानहरुलाई समयमा वितरण नभैरहेको कृषि शाखा प्रमुख सिताराम शर्माको भनाइ छ।

कृषि शाखा प्रमुख शर्माका अनुसार मेयर दिनेश प्रसाद यादव र प्रससन अधिकृत सावन चौधरीको कारणले गर्दा कोदालो किसानहरुलाई वितरण नभएको आरोप लगाएको छ।

“किसानहरुलाई सहजीकरणका लागि अनेक किसिमका कृषि सामग्री कृषि मोटर र विउविजन लगायतका समानहरु आएपनी हामीले समयमा किसानहरुलाई दिन पाएका छैनौँ, यसमा कर्मचारी होईन जनप्रतिनीधिहरुले हेर्नुपर्ने हो ।”– उनले भने ।

नौ लाख पचास हजारमा लियाएको धानको बीउ किसानहरुलाई वितरण नगरी फ्रीज गरिएको छ।

समयमा नगरपालिकामा आएको कृषि समानहरु किसानहरुलाई नदिदा किसानहरु पनि आक्रोसित भएका छन। स्थानीय सरकार आएपनी कुनै किसिमको नगरपालिकाबाट सहयोग नभएको किसानहरुको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button