गोली हानी हत्या गरेका शुभनारायण राय पाँच वर्षपछि पक्राऊ


सर्लाही! मिति २०७५/०७/१३ गते सर्लाही जिल्लाका रामनगर गाउँपालिका वार्ड नं .४ का वडाध्यक्ष रामनरेश महतोको काका रामविलास महतोलाई गोली हानी हत्या गरेर फरार रहेका मुख्य अभियुक्त शुभनारायण पक्राउ परेका छन्।

रामनगर वार्ड नं ४ वस्ने शुभनारायण राय ५ वर्ष पछि मिति २०८०/०५/२६ गते बेलुकी ५ बजे महिनाथपुर नजिकै बागमती पुलवाट पक्राउ परेको ई. प्र.का. हरकठवाको प्रमुखले जानकारी गराएको हो ।

इलाका प्रहरी कार्यालय हरकठवाका टोलीले रायलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।

त्यसै मुद्धाका ३ जना अभियुक्तहरु श्रीनारायण राय, उपेन्द्र राय र उपेन्द्र राय ( फौदार रायको छोरा ) पुर्पक्षको लागि थुनामा छन।

अभियुक्तहरुलाई छुटाउन अभियुक्तका तर्फबाट प्रहरीलाई आर्थिक चलखेल र दबाब आइरहेको नाम न खोल्ने गरी एक स्रोतले बताएका छ्न।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button