सुरक्षा सुदृढीकरणको लागि प्रहरी र जनप्रतिनिधि बीच सहकार्य


न्याय र सुरक्षा सुदृढीकरणका लागि प्रहरी र जनप्रतिनिधि बीच सहकार्य कार्यक्रम आज शनिबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजना गरिएको छ।

शान्ति सुरक्षाका लागि स्थानीय स्तरबाटै पहलका लागि जिल्ला प्रहरी कार्यालयद्वारा यस कार्यक्रमको सुरुवात गरेको धनुषा जिल्लाका प्रहरी प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।

उहाँले भन्नुभयो “सर्वसाधारणहरुको समस्या हामी घर घरमा गएरै सम्वोधन गर्छौं । वडामा भएका घरेलु हिंसा र छिमेकी बिचका झगडाको घटना महिनामा ७०० भन्दा बढी रहेकोले सो का लागि स्थानीय स्तरमै गृह व्यवस्थापन तालिम संचालन गरिरहेको र सो को सकारात्मक प्रभाव परेकोले निरन्तरता दिने प्रतिबद्धता गर्नुभएको छ। प्रहरी प्रमुख तिवारीका अनुसार विकासका लागि शान्ति सुरक्षा आवश्यक रहेकोले जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा न्याय सुरक्षा सुदृढीकरणका लागि प्रहरी र जनप्रतिनिधि बीच सहकार्य कार्यक्रम आयोजना गरिएको हो ।

घरेलु हिंसा, महिला हिंसा, लागु औषध, चोरी, आरकेस्ट्रारा , बाल विवाह, भागि बिवाह, खुल्ला मादकपदार्थ, गाँजाको सम्स्या समाधान गर्ने तथा साना घटनाहरु मेलमिलाप सम्बन्धमा समेत बडा अध्यक्षहरुले चासो राख्नुभएको थियो। कार्यक्रममा उपस्थित मधुवनी जिल्लाको प्रहरी नायब उपरीक्षक रस्मीले “हामी बिच सहकार्य भइरहेको हुन्छ, बोर्डर एरियामा मोटरसाइकल चोरी, लागु औषध जस्ता समस्याहरुलाई जरैबाट समाधानका लागि केहि मेडिकल स्टोरलाई अवलोकन गरेर कारवाही गरर्नेछौं ” वाचा गर्नुभएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्षज्यूहरुले गरिब र दलितहरुको मुद्दा दर्ता हुँदैन, केन्द्रीय राजनिती दलको हस्तछेप बाढिरहेको , लागु औषध सेवन गरेर लुटपाट तथा बलात्कार जस्ता घटनाहरुको न्यूनिकरण होस् र जनताको समस्या समाधान होस् धारणा राख्नुभयो। गल्ती गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने हुन्छ। गाउँमा छलफलको वातावरण बनाउनु पर्छ। गरिबहरुको सम्स्या लगायतका विषयहरु उल्लेख गर्नुभएको छ । यस्ता सम्सयाहरु समाधान गर्न छलफलको विषयलाई समेटेर मातहतको प्रहरी कार्यालयहरूलाई परिपत्र गरिने पनि टिप्पणी गर्नुभयो। धनुषा जिल्लाका १८ वटा पालिकाका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button