ब्याट्री पसलमा ठगी : २.३५ लाखको सामान ठगी गरेर फरार

जनकपुरधाम, पिडारी चौक
जनकपुरधामको पिडारी चौकस्थित एक ब्याट्री पसलमा २.३५ लाख रुपैयाँ बराबरको सामान ठगी भएको घटना सार्वजनिक भएको छ।
पसल सञ्चालकले बताए अनुसार, सोमबार बेलुका रातो Creta बागमती प्रदेश ०१ -००२५ च ३७१६ नम्बर कारमा आएका दुईजना व्यक्तिले ६ पिस ब्याट्री र एक पिस अनलाइन युपीएसको माग गरेका थिए। ग्राहकले कदम चौक र गंगासागरको बीचमा रहेको Express Beauty Studio नामक स्थानमा सामान पुर्याउन भनेपछि पसल सञ्चालकले त्यहाँ सामान पठाए।
ब्याट्री र युपीएसको लागि ग्राहकले चेकमार्फत २.३५ लाख रुपैयाँ भुक्तानी गर्न चाहे। तर, जब पसल सञ्चालकले चेक बैंकमा बुझाए, चेक ब्ल्याकलिस्टेड व्यक्तिको नाममा भएको पत्ता लाग्यो। ठगहरू द्वारा दिइएको Express Beauty Studio पनि चार महिनाअघि नै बिक्री भइसकेको जानकारी पाएको पसल सञ्चालकले भनेका छन्।
घटना पश्चात, ठगहरूको सम्पर्कमा पुग्न असफल भएपछि पसल सञ्चालकले प्रहरीमा उजुरी दर्ता गरेका छन्। यस ठगी घटनाले अन्य व्यापारीहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ।
