सप्तरीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा  एक बालक आज मृत भेटिएका छन्  ।  स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ः०० बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर  बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको  प्रहरीले जनाएको छ  ।

यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो  । 

गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button