नेकपा प्रचण्ड–माधव समुहको भोली हुने प्रदेश भेलाको तयारी सम्पन्न ।


प्रदेश २ मा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको प्रदेश भेलाको तयारी सम्पन्न भएको छ । नेकपा प्रचण्ड–माधव समुहले प्रदेश भेलाको तयारी पुरा भएको जनाउँदै सांगठनिक र आगामी रणनीति तय गर्नका लागि प्रदेश भेला गर्न लागेको नेकपाले जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा औपचारिक रुपमै विभाजन भइसकेपछि प्रचण्ड–माधव समुहले प्रदेश २ मा औपचारिक रुपमै पहिलो प्रदेश भेला गर्न लागेको हो । नेकपा प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य तथा प्रचार–प्रसार विभागका श्रीप्रसाद साहले प्रदेश २ को ८ वटै जिल्लाबाट करिब करिब ३ सय जना प्रदेश समितिका सदस्य, केन्द्रिय सदस्यहरु, जिल्लाका पदाधिकारीहरु, निर्वाचित तथा पूर्व सांसद तथा प्रदेशसभा मेयर–उपमेयरको सहभागीता रहने जनाएको छ ।

जनकपुरधाम स्थित नेकपा प्रदेश कार्यालयमा हुन लागेको भेलामा सांगठनिक छलफल र आगामी संघर्षका बारेमा गम्भिर छलफल हुने धनुषा ईन्चार्ज श्रवण बरबरिया यादवले बताए । उनले भने, ‘ओलीले पार्टी फुटको प्रमुख कारण हो, एउटा व्यक्ति विशेषले पार्टीको नीति बिधान र पार्टी निर्णय विपरित गर्दा आज विभाजन हुन पुगेको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली मोनोपोली रुपमा अराजक अव्यवहारिक रुपमा अघि बढ्दा ओली र उनकै समुहको सनकको कारण पार्टी फुटेको बरबरियाले बताए ।

प्रदेश समिति सदस्य तथा शहिद नगरनगरपालिकाका मेयर उदय बरबरिया यादवले भेलामा स्थायी समिति सदस्य तथा पूर्व मन्त्रीहरु मातृका प्रसाद यादव र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गणेश साह, स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह लगायत दर्जनौँ केन्द्रिय सदस्यहरु समेत सहभागिता रहने जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button