मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार एकजनाको मृत्यु
महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ।

जनकपुरधाम– महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ।
महोत्तरीको मनराशिस्वा नगरपालिका वडा नं. १ स्थित मनरातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार एकजनाको मृत्यु भएको महोत्तरी का प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
मृत्यु हुनेमा भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका २२ वर्षीय रबिन्द्र पासवान रहेका छन्। मोटरसाइकल अनियन्त्रित भएर लड्दा गम्भिर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दै बाटोमै मृत्यु भएको प्रवक्ता विष्टले बताए।
मोटरसाइकल चलाउने भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका सरोज पासवान प्रहरीको नियन्त्रणमा रहेको महोत्तरी प्रहरीले जनाएको छ।