ओलीको दुत नेकपा नेतालाई प्रदेश २ मा ३२ मध्ये कम्तिमा २ सिट पनि ल्याएर देखाउन राज्यमन्त्री यादवको चुनौति


ओम प्रकाश यादव

माघ ७ गते, रौतहट । जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नेकपाको कथित विकास पुरुष एक नेताले प्रधानमन्त्री केपी शर्मा ओलीके एजेन्ट बनेर अहिले जनतालाई भ्रमित गर्न लागेको आरोप लगाएका छन ।

प्रधानमन्त्रीको दुत बनेर एक कथित विकास पुरुष नेताले प्रदेश २ मा नेकपाको ३२ सिट रहेको र त्यसमध्ये आफुले २८ सिटमा विजयी प्राप्त गराउने जस्ता वहियात कुरा गरेर जनतालाई फकाउने, गुमराहमा राख्ने तथा भ्रमित गर्ने कार्यमा लागेको राज्य मन्त्री यादवले बताएका छन ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध जनता समाजवादी पार्टी रौतहहटले आज सदरमुकाम गौरमा आयोजना गरेको विरोध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले नेकपाका ति नेतालाई अगामि प्रतिनिधिसभाको निनर्वाचनमा ३२ मध्ये कम्तिमा २ सिट पनि ल्याएर देखाउन चुनौति दिएका छन ।

प्रदेश २ मा फेरी मधेशवादी दलकै बहुमत आउने र नेकपाले कुनै पनि हालतमा ३२ मध्ये ३ सिट पनि ल्याउन नसक्ने उनले बताए ।

ओलीको एजेन्टलाई रौतहटमा प्रवेस निषेध गनुपर्ने समेत उनले बताए ।

जनता समाजवादी युवा संघको केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रधानमन्त्री ओलीले चालेको अलोकतान्त्रिक कदमका कारण देश अहिले गम्भिर राजनैतिक मोडमा फसेको बताएका छन ।

संविधानको विपरीत प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओलीले आफु हिटलर र तनाशाह बन्न खोजेको राज्य मन्त्री यादवले बताए ।

शाही सेना पुर्व राजा ज्ञानेन्द्रलाई बचाउन नसकेको उदाहरण दिदै मन्त्री यादवले जनताले राजालाई देशबाट फाले जस्तै अब ओलीको तनाशाह प्रवृतिलाई समेत जनताले फाल्ने नेता यादवले टिप्पणी गरेका छन ।

प्रधानमन्त्री ओलीको घमण्ड र नताशाह प्रवृतिका कारणले न्यालयले समेत संसद विघटनको निर्णय सच्चाउनमा शंका रहेको उनले बताए ।

ओलीले न्यालयलाई समेत आफना कब्जामा लिएको कारणले न्यालयले समेत तिन करोड नेपाली जनताको पक्षमा न्याय गर्नेमा शंका रहेको उनले बताए ।

अन्तिम भरोस न्यालयमाथी रहेको र न्यालयले समेत न्याय दिलाउन सकेन भने जनता समाजवादी पार्टीले संविधान र लोकतन्त्रको रक्ष ागर्ने मन्त्री यादवले बताए ।

संसद विघटन विरुद्ध देशका अधिकांश राजनैतिक दल यतिखेर आन्दोलनमा रहेको र अहिले देशभरी आन्दोलन हुनुले संसद पुनस्थापना हुनेमा आफु पुर्णरुपमा विश्वस्त रहेको उनले बताए ।

अझै पनि प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना विपरीत चालेको कदमलाई नसच्याए देश ठुलो दुर्घटनमा फस्ने राज्य मन्त्री यादवले चेतावनी दिएका छन ।

अलि ढिलो भएपनि ओलीले आफुले चालेको कदमबाट पछि हटने र आफुहरुको पक्कै जित हुने मन्त्री यादवले विश्वास व्यक्त गरेका हुन ।

प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनलाई अब अझै सशक्त र कडा बनाउन उनले जोड दिएका हुन ।

रैलीमा जसपाका केन्द्रिय सदस्य रेवन्त झा, जयनाथ यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, युवा नेता राजकुमार दास, कौशरखान मिथिला, श्याम विहारी यादव, संजिव यादव लगाएत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button