जनकपुर यातायात कार्यालयमा ४ घण्टादेखि अख्तियारको छापा


जनकपुरधाम । जनकपुरस्थित यातायात कार्यालयमा विगत ४ घण्टादेखि निरन्तर अख्तियारको टोली छापा मार्ने क्रम जारी राखेको छ ।

प्रहरीसहित ५ वटा गाडीमा अएको अख्तियारको टोलिले कार्यालय भित्र विभिन्न कागजात चेक गरिरहेको जनाएको छ ।टोलीले केही कर्मचारीलाई कार्यालय भित्रै नियन्त्रणमा लिएर खोज अनुसन्धान गरिरहेका छन् ।

यातायात कार्यालय जनकपुरमा घुस वापतको मोटो रकम नगद रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापामारी जारी राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button