शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनमा जिल्ला शिक्षा समिति, महोत्तरी अध्यक्ष सिंहको अगुवाइ !!


महोत्तरी, माघ १८ गते । जिल्लास्थित सम्सी गाउँपालिका, लोहरपट्टी नगरपालिका र बर्दिवास नगरपालिकाले तोकिएको समयसीमा भित्र शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गरी शिक्षा विकास तथा समन्वय इकाइलाई विवरण उपलब्ध गराउन नसकेका कारण जिल्लास्तरमा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनमा भइरहेको ढिलाइलाई लिएर जिल्ला शिक्षा समिति, महोत्तरी अध्यक्ष एवं जिल्ला समन्वय समिति, महोत्तरी प्रमुख सुरेश प्रसाद सिंहज्यूले सहजीकरणका लागि अगुवाइ थाल्नु भएको छ । उहाँले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गरी हालसम्म विवरण उपलब्ध गराउन नसकेका सम्सी गाँउपालिका र लोहरपट्टी नगरपालिकामा पुगी यथासिघ्र विवरण उपलब्ध गराउन सहजीकरण गर्नु भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखा, सानोठिमी, भक्तपुरको पत्र संख्या २०७६/०७७ शि.व्य. चलानी नं १५८ मिति २०७६/१०/२१ गते, चलानी नं २५ मिति २०७७/०५/३१ गते, चलानी नं २९ मिति २०७७/०६/११ गते र चलानी नं ४० मिति २०७७/०६/२९ गतेको पत्र तथा शिक्षा विकास तथा समन्वय इकाइ, महोत्तरीको पत्र संख्या २०७७/७८ चलानी नं २०३ मिति २०७७/०६/११ गते, चलानी नं ४४१ मिति २०७७/०७/०२ गते, चलानी नं ४४८ मिति २०७७/०७/१२ गते र चलानी नं ७१४ मिति २०७७/०९/२२ गतेको पत्रबाट शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम दरबन्दी मिलान तथा व्यवस्थापन गरी विवरण उपलब्ध गराउन पटक पटक अनुरोध गर्दा समेत हालसम्म सम्सी, लोहरपट्टी र बर्दिवास पालिकाबाट विवरण प्राप्त हुन नसक्दा जिल्लास्तरमा दरबन्दी मिलानको कार्य अगाडि बढन सकेको छैन ।

स्मरणीय रहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७७ साल असोज १५ गते भित्र स्थानीय तहले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गरी शिक्षा विकास तथा समन्वय इकाइलाई विवरण उपलब्ध गराई सक्नु पर्ने समयसीमा तोकेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्राथमिक, निम्ममाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा स्वीकृत शिक्षक दरबन्दी र शिक्षक अनुदान कोटा (राहत) गरी क्रमश: १४६५, २९१, २७२ र ५९ मौजुदा दरबन्दी रहेका छन भने विधार्थी संख्याको आधारमा क्रमश: २१००, ८७७, ७७८ र ११४ आवश्यक दरबन्दी हुनु पर्ने देखिन्छ ।

विधार्थी संख्याको आधारमा दरबन्दी व्यवस्थापन नहुदाँ पठनपाठनमा असहजता हुनुको साथै सोचे जस्तो उपलब्धी हात पार्न सकिराखेको छैन । सम्सी गाउँपालिका र लोहरपट्टी नगरपालिकामा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सहजीकरणका लागि जिल्ला शिक्षा समिति, महोत्तरी अध्यक्ष एवं जिल्ला समन्वय समिति, महोत्तरी प्रमुख सुरेश प्रसाद सिंहज्यू, जिल्ला शिक्षा समिति सदस्य लालबाबु यादवज्यू, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख प्रतिभा कुमारी साहज्यू र म शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन समिति संयोजक सुनिल कुशवाहा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button