प्रदेश २को प्रदेशसभाले अन्य प्रदेशभन्दा अत्याधिक कानून निर्माण गरेको -मुख्यमन्त्रीको दावी


प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा विभिन्न दलका प्रदेशसभा सदस्यका साथै नेताहरुको सहभागिता रहेको थियो । प्रदेश प्रुमख परियारले प्रदेश २को प्रदेशसभाबाट द्रुतगतिमा कानून निर्माणका कामहरु भएको बताउनु हुँदै आगमाी दिनमा समेत प्रदेशसभाले राम्ररी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलहरु बिचको समन्वयकै कारण प्रदेससभाको कार्य संचालनमा अवरोध श्रृजना नभएको र आउने दिनमा समेत दलहरु बिचको सामञ्जस्यता कायम रह्ने बताउनु भयो ।

वार्षिकोत्सव कार्यक्रममा बिशिस्ट अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री लालबाबु राउतले सदन सौहार्दपूर्ण तरिकाले चलाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले दलहरुकै सहयोग र सामञ्जस्यताका कारण प्रदेश २को प्रदेशसभाले अन्य प्रदेशभन्दा अत्याधिक कानून निर्माण गरेको दावी गर्नुभयो । उहाँले निर्माण भएका कानूनहरुले भविश्यमा प्रदेशका जनताका लागि आधार पार्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकारले समेत विभिन्न विकास निर्माण कार्यहरुमा तदारुकता देखाएको बताउनु भयो

वार्षिकोत्सव कार्यक्रममा सभामुख सरोजकुमार यादवले उपभोक्ताहरु बाँकी बक्यौता अविलम्बर भुक्तानी गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपाको तर्फबाट शत्रुध्न महतो, नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा प्रदेश २को प्रदेशसभामा प्रतिनिधित्व गर्ने १ सय ७ प्रदेशसभाहरुको संक्षिप्त परिचय सम्मिलित पुस्तक विमोचन समेत गरिएको थियो । सो पुस्तकको प्रदेश प्रमुख तिलक परियार, सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

प्रदेश २को प्रदेशसभाले ३ वर्षको अवधिमा दर्ता भएको ५२ विधेयक दर्ता भएकोमा ४२ विधेयक पारित गरेको छ । जसमध्ये ३८ विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button