प्रधानमन्त्रीको कदमको विरोधमा प्रचण्ड–माधव समूह धनुषाबाट गएका नेकपाका नेताहरु को गर्जेन


प्रधानमन्त्रीको कदमको विरोधमा आज प्रचण्ड–माधव समूहले गरेको आम विरोधसभामा धनुषाबाट गएका नेकपाका नेताहरु गर्जेका छन् । प्रचण्डको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजधानी काठमान्डौंमा विशाल विरोध सभा गर्ने कार्यक्रम तय भएको थियो ।

सोही अनुरुप नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँघर्ष समिति धनुषाले पनि हजारौंको सँख्यामा गएका कार्यकर्ताहरुले प्रचण्डको पक्षमा चर्को नारावाजी गर्दै काठमान्डौं तताए ।

सोही क्रममा धनुषाबाट गएका नेकपाका केन्द्रीय सदस्य श्रवण कुमार बरबरिया (यादव), प्रदेश सभा सदस्य एवम् केन्द्रीय सदस्य सत्रुध्न महतो, शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपा प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव), केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा लगायतका दर्जनौ नेताहरु प्रधामन्त्री ओलीको विरोधमा गर्जेका छन् ।

काठमान्डौंको भृकुटीमण्डपबाट नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँघर्ष समिति धनुषाले लगायत अन्य विभिन्न जिल्लाको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको भन्दै चर्को नारावाजी गरेका थिए । संविधानलाई मिचेर सँसद विघटन गरेको भन्दै ओलीले प्रचण्ड–माधव पक्षधरको शक्ति प्रदर्शन गरेको बताएका छन् ।

सो क्रममा नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व स्थानीय विकासमन्त्री रामचन्द्र झाले ओलीको विलयको समय आउन लागेको बताए । कोणसभामा बोल्दै नेता झाले ओलीको प्रतिगमनकारी कदम नै उनको राजनीतिक विनाशको कारण बन्दै गएको बताए ।

प्रदेश सभा सदस्य सत्रुध्न महतोले ओलीको गैर संवैधानिक कदमले देशमा खतरा निम्त्याएको बताउँदै ओलीले जनता कसको पक्षमा रहेको भनेर हेर्न आउन चुनौति दिए । उनले प्रतिगमनकारी, अहँकारी प्रवृतिले शिघ्र नै बिलाएर जाने चेतावनी समेत दिए ।

कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य श्रवण कुमार बरबरिया (यादव) ले ओलीको कदम गैर संवैधानिक रहेको र नसच्याएसम्म विरोधका कार्यक्रमहरु जारी राख्ने बताए । उनले शक्ति प्रदर्शनको क्रममा नै जनता जनार्दनले के चाहेको भनेर प्रष्ट भएको बताए ।

ओलीले अझै आफ्नो गलती कदम नसच्याए त्यसको भुक्तान भोग्नुपर्ने चेतावनी उनले दिए । भृकुटी मण्डप क्षेत्रबाट आन्दोलन प्रदर्शनको अगुवाईहरुमध्ये अगुवाई गरेका नेकपा प्रदेश कमिटि सदस्य एवम् शहिदनगरका मेयर उदय कुमार बरबरिया (यादव) ले शक्ति प्रदर्शन कस्तो हुन्छ भनेर नेपाली जनताले माघ २८ गतेलाई स्मरण राख्ने बताए ।

उनले विभिन्न जिल्लाबाट गएको कार्यकर्ता तथा समर्थकहरुलाई धन्यवाद दिँदै सबभन्दा ठुलो विरोधसभा सफल भएको दाबी गरे ।

माघ २८ गतेको लागि प्रचण्ड–माधव समूहले घोषणा गरेको आम विरोध सभामा ७७ वटै जिल्लाबाट लाखौंको सँख्यामा सर्वसाधारणहरु केपी ओलीको विरोधमा नारा घन्काएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button