राज्य मन्त्री योगेन्द्र यादवद्धारा रौतहटमा एक धर्मशालाको शिलान्यास ।


ओम प्रकाश यादव फागुण १५ गते, रौतहट । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज एक धर्मशालाको शिलान्यास गरेका छन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले रौतहटको दुर्गाभगवती गाउँपालिका २ भलोहियामा जगदम्बा माताको परिसरमा सामुदायिक भवन धर्मशालाको शिलान्यास गरेका हुन ।

लाखौको लागतमा निर्माण हुन लागेको उक्त धर्मशालाको राज्य मन्त्री यादवले आज एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन । मन्त्री यादवले निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्धता अनुसार उक्त धर्मशाला शिलान्यास गरी निर्माण कार्य अगाडि बढाएका हुन ।

शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारीणी समिति सदस्य तथा पुर्व मन्त्री अनिल कुमार झा, प्रदेश २ का भौतिक पुर्वाधार राज्य मन्त्री डा. डिम्पल झा, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा लगाएतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button