माओवादी केन्द्र को अधिवेशन मा प्रस्ताव ।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् ।

शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए । उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ ।‘पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ ।

प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ ।

तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ ।

पुस ११ देखि १३ सम्म सो पार्टीले राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमार्फत विधानमा गरिने सो व्यवस्थाको अनुमोदन गर्ने माओवादीको तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button