आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप
आजदेखि कोभिशिल्डकाे पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको छ ।
कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई जापान र भुटानबाट आएका खोप दोस्राे डोजकाे रुपमा दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।
काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ ।