फ्रान्समा पनि देखियो नयाँ स्वरुपको कोरोना भाइरस, ७० प्रतिशत बढी संक्रामक


फ्रान्समा फरक स्वरुपको कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ। बेलायतमा फैलिएकै नयाँ किसिमको भाइरस त्यहाँ देखिएको हो।

फ्रान्सका स्वास्थ्य मन्त्रीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ – संक्रमित फ्रान्सेली नागरिक हुन्। उनी डिसेम्बर १९ मा बेलायतबाट फर्किएका थिए। उनलाई कोभिड-१९ को कुनै पनि लक्षण देखिएको थिएन। घरमै आइसोलेसनमा बसेका थिए।

फ्रान्सले बुधवार मात्र त्यहाँ जारी प्रतिवन्ध खुला गरेको थियो। यात्रा अघि कोरोना परीक्षण भने अनिवार्य गरेको थियो।

कोभिड-१९ का फरक फरक लक्षण र असरहरू देखिन सुरु भएका छन्। पहिलो पटक बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि त्यहाँको लकडाउनमा कडाइ गरियो। त्यहाँबाट यात्रा गर्नेहरूका लागि संक्रमण नियन्त्रणका नयाँ प्रावधानहरू जारी गरियो।

नयाँ किसिमको भाइरस पहिलेकोभन्दा ७० प्रतिशत बढी संक्रामक भएको वैज्ञानिकहरूको ठहर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button