जीवनमा सफल, सम्पन्न र सन्तुष्टि कसरी हुने ?

मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनि व्यक्ति हुन् । उनी रिलायन्स इण्डस्ट्रीज का अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूला शेयरधनी हुन् ।
मुकेश र उनको भाइ अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् । मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्स का मालिक पनि हुन् ।
संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पुरा गर्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पुरा गर्छन् ।
भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहिनत र लगनशिलताका कारण नयाँ उचाई दिए । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरुको प्रेरणाका स्रोत हुन् ।
यस्ता छन् उनको सफलताको सुत्र
मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडी कुद्दैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् , त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुदैँन । रेभिन्यूले आफैँ बताउँछ ।
उनी व्यवसायमा मात्रै होइन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी आईपिएल टिम मुम्बईका मालिक हुन् ।
कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन् , आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।
जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुनसक्छन् । तर यि दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।
दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुदैँन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ ।
मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।
सफलता प्राप्तिको लागि लक्ष्य तय गर्नुपर्ने अम्बानीको विचार छ । जीवनमा अगाडि बढ्नका लागि लक्ष्यहरू राख्नु आवश्यक छ। त्य राखेमा तपाई जस्तो हुन चाहानुहुन्छ त्यो तपाई कहिले पनि बन्न सक्नुहुन्न भन्ने उनको सोच छ ।
समस्याहरूबाट भाग्नुको सट्टा यसलाई सामना गर्नुहोस्। समस्या सुरु भएको मूल कारण के हो ? यो जान्न कोसिस गर्नुहोस्। जीवन र व्यावसायिक जीवनमा समस्याहरू केवल यस समयमा समाधान हुन्छ जब तपाईं यसको कारणहरू जान्नुहुन्छ।
कुनै पनि व्यक्तिको जीवनमा असफल हुनु हुँदैन। यो हुन सक्दैन। असफलताको साथ नडराउनुहोस्। तपाईं असफल हुनुभयो, यसको मतलब यो हो कि तपाईं प्रयास गर्दै हुनुहुन्छ। प्रयासहरू कहिल्यै व्यर्थ हुँदैनन्। असफलता एक असफलता होईन तर अगाडि बढ्नको लागि एक शक्ति हो।
जीवन र व्यवसाय मा सफल हुन, सबै भन्दा महत्त्वपूर्ण सकारात्मकता हो। जीवनमा सकरात्मक बन्नुहोस्, त्यसो भए तपाईं व्यवसायमा सफल हुन सक्नुहुनेछ। तपाईको वरपर धेरै नकारात्मक मानिसहरु हुन्छन्, तर तपाईले उनीहरुलाई तपाईमाथि हावी हुन दिनु हुँदैन र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्दैन।
तपाईको सफलता तपाई कुन प्रकारको टीमको साथ हुनुहुन्छ भन्नेमा निर्भर गर्दछ। यदि टीम तपाई जस्तो मेहनती र सकारात्मक सोचमा रहेको छ भने तपाई निश्चित हुनुहुन्छ कि सफल हुन। त्यसकारण धेरै विचारशील र होशियारीका साथ एउटा टोली बनाउने निर्णय गर्नुहोस्।