दिल्लीस्थित इजरायली दूतावास नजिक विस्फोट


एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट भएको छ ।

शुक्रबार साँझ भएको विस्फोटबाट सडक किनारमा राखिएका केही गाडीहरुमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शुक्रबारको घटनापछि भारतीय गृहमन्त्री अमित शाहले बंगाल भ्रमण रद्द गरेका छन्।

बंगालका भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले गृहमन्त्री शाहको भ्रमण स्थगन भएको जानकारी दिएका छन्। गृहमन्त्री शाहले शुक्रबार राति नै सुरक्षा र गुप्तचर निकायका शीर्ष प्रतिनिधिसँग आपतकालीन बैठकसमेत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button