निक शिक्षा दिय परियोजनाका कारण धनुषाको गणेशमान चारनाथ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा बाल क्लब गठन भएका छन् ।


जनकपुरधाम ।
आसमान नेपालको निक शिक्षा दिय परियोजनाका कारण धनुषाको गणेशमान चारनाथ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा बाल क्लब गठन भएका छन् ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर विद्यालयभित्र बाल अधिकार प्रवद्र्धन तथा अनुगमन गर्न गठन भएका बाल क्लबहरूमा विद्यालयभित्रका सबै जातजाति, कक्षा, लिङ्ग, आर्थिक तथा शारीरीक अवस्थाबाट कमजोर बालबालिकाको उचित प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिएको छ ।


बाल क्लबहरूलाई सबल, सुदृढ र आत्मनिर्भर बनाउन आसमान नेपालको निक शिक्षा दिय परियोजनासँग आबद्ध स्वयंसेवी तथा कर्मचारीहरूले ठोस पहल गर्दै आएका छन् । परियोजनाका क्रियाकलापमा समेत बाल क्लबहरूलाई प्रभावकारी तथा परिणाममुखी ढंगले परिचालन गर्न तालिम, अभिमुखीकरण र सामूहिक विमर्शजस्ता कार्यक्रमहरू समेटिएका छन् ।
बाल क्लबहरूले नमुना कार्यहरूको प्रवद्र्धन गर्न सहयोग गर्ने गर्दछन् ।

सीमान्तकृत र पुरक क्षमता भएका बालबालिका र बालिकाहरूलाई सशक्त बनाउने काम गर्दैआएका यी क्लबहरूले वार्डको बजेटबाट विद्यालयमा पोसाक, छात्रवृत्ति, क्म्प्युटर तथा प्रोजेक्टर आदि सामग्री उपलब्ध गराउनुका साथै विद्यालय परिसर सुरक्षाका लागि सोही बजेटबाट घेराबेरा गराउने कामसमेत गराउँदै आएका छन् ।


बाल क्लबहरूकै पहलमा मधेस प्रदेश सरकारबाट कतिपय विद्यालयमा भवन निर्माण तथा पुस्तकालय, ल्याब, बुक कर्नर स्थापना भएका छन् । बाल क्लबहरूले सामाजिक सञ्जाल र मिडियामा आएका घटना अध्ययन र सफलताका कथा प्रदर्शन गर्दैआएका छन् । ती कल्बहरूले परियोजनाका असल अभ्यासहरूको प्रदर्शन पनि गर्ने गर्दछन् ।
बाल क्लबहरूले परियोजनाको वार्षिक समीक्षा र कार्यनीति समेत बनाउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button